s

यूएईले शुल्क लिएकामा आपत्ति

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले संयुक्त अरब इमिरेट्स (यूएई) ले प्रहरी प्रतिवेदनको नाममा कामदारसँग ४ हजार ३ सय रुपैयाँ शुल्क लिएको प्रति आपत्ति जनाएको छ । 
 
यूएईले फेब्रुअरीदेखि प्रहरी प्रतिवेदनको प्रमाणीकरण गर्दा कामदारसँग शुल्क लिन थालेको हो । आर्थिक भार पार्ने कार्यमा श्रम तथा रोजगार मन्त्रालय मौन भएको भन्दै संघले खेद व्यक्त गरेको हो ।
 
‘नेपाल सरकार गृह मन्त्रालयअन्तर्गत रहेको प्रहरी वृत्तले उपलब्ध गराएको प्रहरी प्रतिवेदनलाई परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर विभाग त्रिपुरेश्वरद्वारा प्रमाणीकरण गरिसकेपछि प्रहरी प्रतिवेदनलाई नेपालस्थित यूएई दूतावासले प्रमाणीकरण गर्नुपर्ने कारण/औचित्य के हो ?’ संघका अध्यक्ष रोहण गुरुङद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘तत्काल नेपाली श्रमिकहरूलाई आर्थिक भार पार्ने कुनै पनि कार्य नगर्न/नगराउन सम्बन्धित मुलुकका दूतावासहरूसमक्ष पहल गर्न संघ नेपाल सरकारलाई हार्दिक अनुरोध गरिन्छ ।’
 
Published on: 28 February 2018 | Kantipur

Back to list

;