s

युएईले घरेलु कामदारलाई पनि प्रहरी रिपोर्ट अनिवार्य गर्‍यो

संयुक्त अरब इमिरेट्स (युएई) ले घरेलु काममा युएई जान चाहनेलाई प्रहरी रिपोर्ट अनिवार्य गर्ने भएको छ । आउँदो जेठ १८ अर्थात जुन १ तारिखदेखि यो नियम लागु हुने युएईले जनाएको छ । 
 
इन्डोनेसियन र फिलिपिनो घरेलु कामदारलाई भने प्रहरी रिपोर्ट अनिवार्य गरिएको छैन । यी दुई देशबाट युएई आउने घरेलु कामदारलाई सुरुवातको चरणमा छुट् दिइएको हो ।
 
युएई जान चाहने नयाँ विदेशी कामदारलाई गएको माघ २१ गतेदेखि प्रहरी रिपोर्ट अनिवार्य गरेको हो । यो नियम लागु भएसँगै युएईका लागि भिसाको प्रक्रिया गर्दा प्रहरी रिपोर्ट अनिवार्य भएको छ ।
 
यो नियम ल्याउदा युएईमै कार्यरत विदेशी कामदारले स्पोन्सर परिवर्तन गर्दा पनि रिपोर्ट अनिवार्य गरेको थियो । तर केही समय पछि युएईमै काम गरिरहेका कामदारले काम परिवर्तन गर्दा प्रहरी रिपोर्ट नचाहिने बताएको थियो ।
 
देशबाट वा अरु देशमा ५ वर्षदेखि बसिरहेको भए त्यही देशबाट जारी चारित्रिक प्रमाणपत्र पेश गर्नुपर्छ पछिल्लो पाँच वर्षमा आफ्नो देश बाहेकको देशहरुमा बसोबास गरेको भए सोही देशबाट प्रहरी प्रतिवेदन बनाउनुपर्ने र पाँच वर्षभन्दा बढी युएईमा बसोबास भएमा युएईकै प्रहरी निकायबाट यो प्रमाणपत्र बनाउनु पर्ने कानुनी व्यवस्था गरिएको छ । भिजिट भिसामा जानेका लागि भने प्रहरी रिपोर्ट अनिवार्य छैन । 
 
Published on: 20 March 2018 | Ujyaaloonline

Back to list

;