s

युएईको भिसाका लागि अब प्रहरी रिपोर्ट नचाहिने

युएईले नयाँ विदेशी कामदारका लागि अनिवार्य गरेको प्रहरी रिपोर्ट अर्को सूचना जारी नभएसम्मका लागि रोकेको छ ।
 
आइतबार युएईको मानव संसाधन मन्त्रालयले ट्वीटरमार्फत अर्को सूचना जारी नभएसम्मका लागि प्रहरी रिपोर्ट अनिवार्य नभएको जानकारी दिएको छ ।
 
युएईले नयाँ विदेशी कामदारले भिसा प्रक्रियाका लागि प्रहरी रिपोर्ट अनिवार्य बुझाउनुपर्ने नियम गएको माघ २१ गतेदेखि लागु गरेको थियो । युएईले केही देशका नागरिकको प्रहरी रिपोर्ट विना नै भिसा प्रक्रिया अघि बढाइसकेको गल्फ न्युजले उल्लेख गरेको छ ।
 
Published on: 1 April 2018 | Ujyaaloonline

Back to list

;