s

यूएईको भारी वर्षामा २२ दिनदेखि बेपत्ता छिन् दाङकी लीला

२६ वैशाख, काठमाडौं । यूएईमा भएको भारी वर्षामा परेर एक नेपाली महिला करिब एक महिनादेखि सम्पर्कविहीन छिन् ।

वैशाख ४ गतेदेखि यूएईका भएको भारी वर्षामा परेर दाङ तुलसीपुर उपमहानगरपालिका–१, भमकेकी लीला पाण्डे २२ दिनदेखि परिवारको सम्पर्कमा नआएकी हुन् ।

यूएईमा ४ वैशाखमा भारी वर्षा भएको दिन ड्युटीबाट राति कोठा फर्केने क्रममा भेलबाढीमा परेर उनी सम्पर्कविहीन भएकी थिइन् । पारिवारका सदस्यका अनुसार वैदेशिक रोजगारीका लागि ०७८ माघमा उनी यूएई गएकी थिइन् । दुबईको आजमन रौदामा बस्दै आएकी उनी त्यहाँको एक विद्यालयमा काम गर्थिन् ।

पाण्डेका छोरी ज्वाइँ विराटबिक्रम शाहका अनुसार वैशाख ४ गते कामबाट फर्किने क्रममा भारी वर्षाले भएको ट्राफिक जाममा परेकी थिइन् । ‘हामीले बुझ्दा वर्षाका कारण सडक जाम भएको र त्यही बेलादेखि हराएको भन्ने खबर पाएका छौं’, शाहले अनलाइनखबरसँग भने, ‘खोजतलासी गरे पनि अलिहेसम्म कुनै पत्तो लागेको छैन ।’

पाण्डेसँग भएका सहकर्मीहरुले पनि उनी वैशाख ४ गतेबाटै आफूहरुको सम्पर्कमा नरहेको जानकारी दिएको ज्वाइँ शाहले बताए । उनले घटनाबारे यूएईस्थित नेपाली दूतावासलाई जानकारी गराइसककेको तर कुनै खबर नआएको बताए । पाण्डेका ४ जना छोरी छन् ।

Published on: 9 May 2024 | Onlinekhabar

Link

Back to list

;