s

यूएईकालागि प्रहरी प्रतिवेदन कामदारका लागि खर्चालु

यूएईले तत्कालका लागि आफ्नो मुलुकमा कार्यरत आप्रवासी कामदारलाई प्रहरी प्रतिवेदन अनिवार्य नगर्ने बताएको छ । प्रहरी रिपोर्ट अनिवार्य गरेपछि नेपाली कामदारहरु प्रशासनिक झन्झट र आर्थिक भारमा परेका थिए ।
 
यूएईको आवासीय तथा विदेश सम्बन्धी निर्देशनालयका जनरल डाइरेक्टरले विद्युतीय भीषा आवेदन फर्ममा अर्को आदेश नभएसम्मका लागि असल चालचलनको प्रहरी रिपोर्ट वाध्यकारी नगरेको उल्लेख गरेका छन् । यूएईले गत फेब्रअरी १६ तारेखबाट यो नियम अनिवार्य गरेको थियो । यो नियम यूएईभित्रै कम्पनी परिवर्तन गर्न चाहनेका लागि मात्र हो कि पहिलो पटक यूएई प्रवेश गर्न चाहनेहरुका लागि पनि हो भन्ने स्पष्ट हुन नसकेको बताइएको छ । युएईको नेपालस्थित दूतावासमा पुलिस रिपोर्ट प्रमाणीकरण गर्नेको लाइन लाग्ने गरेको मात्र होइन यो निकै खर्चिलो र पट्यारलाग्दो समेत हुने गरेको छ । त्यही कारणले गर्दा यूएई जान चाहने कामदारहरुको काठमाडौं बसाई लम्बिई खर्च समेत बढ्ने गरेको छ ।
 
असल चालचलन भएको प्रहरी रिपोर्ट सहित नेपाली कामदारले ४ हजार ३ सय रुपैयाँ बझाउनुपर्ने व्यवस्था छ । युएई जाने कामदारले पुलिस रिपोर्ट बनाउने र त्यसरी बनाइएको रिपोर्टको प्रमाणपत्र कन्सुलर सेवा विभाग त्रिपुरेश्वर र काठमाडौंस्थित दुबईको दूतावासबाट प्रमाणित समेत गर्नुपर्ने व्यवस्था छ ।
 
Published on: 27 February 2018 | Madhyanha

Back to list

;