s

यूएईबाट आएर खरिपाटी क्वारेन्टाइनमा बसेका एक पुरुषमा कोरोना

कान्तिपुर संवाददाता

भक्तपुर — युनाइटेड अरब इमिरेट्स (यूएई)बाट नेपाल आएका एक पुरुषमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यूएईबाट जेठ २३ मा एयर अरेबियाको जी नाइन १७५१ चार्टर फ्लाइटबाट नेपाल आएका मोरङ उर्लाबारीका २९ वर्षीय पुरुषमा मंगलबार कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

उनी चाँगुनारायण नगरपालिका–७ खरिपाटीस्थित विद्युत् प्राधिकरण तालिम केन्द्र क्वारेन्टाइनमा बसेका थिए । कोरोना भाइरस संक्रमण पुष्टि भएपछि ती पुरुषलाई मंगलबार राति नै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा पठाइएको महानगरीय प्रहरी परिसर भक्तपुर प्रमुख एसपी सबिन प्रधानले बताए । उनको स्वास्थ्य अवस्था सामान्य छ ।

मंगलबार नै सोही विमानमा आएर खरिपाटी क्वारेन्टानमै बसेकी सिन्धुली दुधौली–९ की ३० वर्षीया महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । ती महिलालाई टेकु अस्पतालमा भर्ना गरेको एसपी प्रधानले बताए ।

सोही विमानमा आएकी २६ वर्षीया महिलामा जेठ ३० मा कोरोना संक्रमण पुष्टि भएपछि उनकै कन्ट्याक ट्रेसिङमा परेकाको ‘स्वाब’ को नमुना संकलन गरेको थियो । ती महिलालाई पहिलो दिन खरीपाटी क्वारेन्टाइनमा राखिएको थियो । दोस्रो दिन जेठ २४ मा उनलाई मूलपानीको क्वारेन्टाइनमा सारिएको जनाएको छ । त्यहीँबाट पीसीआर विधिबाट परीक्षण गर्न नमुना संकलन गरिएको र रिपोर्ट पोजेटिभ आएको हो । ती महिलालाई जेठ ३० मा पाटन अस्पतालमा भर्ना गरेको छ ।

Published on: 17 June 2020 | Kantipur

Link

Back to list

;