s

यूएईबाट सुरक्षागार्ड फिर्ता हुने

चर्को आर्थिक शोषण गरी संयुक्त अरब इमिरेट्स (यूएई) मा लगिएका १ सय १७ नेपाली सुरक्षागार्डलाई हिमाया सेक्युरिटी सर्भिसले फिर्ता पठाउने टुंगो लागेको छ । कम्पनीले उनीहरूलाई चरणबद्ध रूपमा नेपाल पठाउन लागेको हो । 

यूएईको राजधानी आबुधाबीस्थित नेपाली दूतावासका अनुसार कम्पनीले सुरक्षागार्डलाई त्यहाँ बसेको महिनासम्मको तलब दिएर नेपाल पठाउने निर्णय गरेको हो । ‘कम्पनीले उनीहरूलाई काम दिन नसक्ने भयो’ श्रम काउन्सिलर भेषबहादुर कार्कीले भने । हिमायाले थप ७ सय ६१ सुरक्षागार्डलाई पनि स्वदेश पठाउने निर्णय लिएको कार्कीले बताए । 

Published on: 10 February 2017 | Kantipur

Back to list

;