s

यूएई प्रमाणीकरणको जिम्मा याक्का र सिटी एक्सप्रेसलाई

वैदेशिक रोजगारीका लागि यूएई जाने नयाँ भिषा आवेदक कामदार, विद्यार्थी, पर्यटक लगायतको चालचलन प्रतिवेदनको प्रमाणिकरण गर्ने जिम्मा दुई ट्राभल्सले पाएका छन् ।
 
राजधानीको उत्तरढोकास्थित याक्का ट्राभल्स एण्ड टुर्स प्रालि र नागपोखरीस्थित सिटि एक्सप्रेस ट्राभल्सले दूताबासबाट उक्त अख्तियारी पाएका हुन् । याक्का ट्राभल्सका सञ्चालक भिम रोक्का म्यानपावर व्यवसायी पनि हुन् । यस्तै सिटि एक्सप्रेसका सञ्चालक सिद्धार्थ थापा चर्चित प्रेसिडेन्ट ट्राभल्सका मालिक भोला विक्रम थापाका छोरा हुन् । एक वरिष्ठ वैदेशिक रोजगार व्यवसायीको समेत संलग्नता रहेको उत्तः ट्राभल्स एयर अरेवियाको नेपाल स्थित जिएसए समेत रहेको छ ।
 
दूतावासले यूएई जाने कामदारको चालचलन सम्बन्धी प्रहरी रिपोर्ट सम्बन्धित म्यानपावर मार्फत गर्ने विषयमा यस अघि नै सहमति जनाएको छ । सिटी ट्राभलले पर्यटक भिषा र रिइन्ट्री मार्फत जाने कामदारको दूतावासले तोकेको ४ हजार ३ सय लिई प्रहरी रिपोर्ट प्रमाणिकरण र गर्ने छ । दूतावासले अघिल्लो शुक्रबारदेखि नेपाल प्रहरीद्वारा जारी गरिएको असल चालचलन सम्बन्धी रिपोर्ट अनिवार्य प्रमाणिकरणको व्यवस्था गरेको हो ।
 
नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगारीमा जाने कामदारमाथि ४ हजार ३ सय रुपैयाँको भार पारेको भन्दै आपत्ति जनाएको छ । अन्य व्यवसायीहरुले समेत नेपाल सरकारका दुई–दुई वटा निकायले प्रमाणीकरण गरेको प्रहरी रिपोर्टलाई यूएई दूतावासले प्रमाणीकरण गर्नुको औचित्य र कारण के हो ? भन्दै प्रश्न उठाएका छन् ।
 
Published on: 9 March 2018 | Madhyanha

Back to list

;