s

यूएईमा अलपत्र परेकी युवतीको उद्धार

भारतको बाटो हुँदै ९ महिनाअघि घरेलु कामदारका रुपमा यूएई आएकी सुनिता जिम्बा आइतबार नेपाल फर्किएकी छन् । आफूले काम गर्ने घरमा ७ महिनासम्म तलबसुविधा नपाएपछि भागेर नेपाली दूतावास अबुधाबीको महिला सेल्टरमा करिब २ महिना बसेर उनी नेपाल फिर्ता भएकी हुन ।
 
साथमा पासपोर्ट नभएको र आफूले काम गर्ने घर र आफूलाई ल्याउने दलालको समेत केही जानकारी दिन नसक्ने सुनिताको यात्रा अनुमतिपत्र नेपाली दूतावास अबुधाबीबाट बनेपछि एनआरएन यूएईको संयोजनमा नेपाल फर्किएकी हुन् । यात्रा अनुमतिपत्र तयार भएपछि आवश्यक रकम जुटाउन नेपाली दूतावासले एनआरएनलाई जानकारी गराएको थियो ।
 
दुबईका नेपाली व्यवसायी सरोज बिष्टले सुनिताको हवाई टिकट र अध्यागमन शुल्क बराबर १ हजार २ सय दिराम उपलब्ध गराएको एनआरएन यूएईका अध्यक्ष रमेश श्रेष्ठले जानकारी दिए।
 
Published on: 10 June 2018 | Onlinekhabar

Back to list

;