s

युएईमा नेपाली महिलाद्वारा आत्महत्या

संयुक्त अरव ईमिरेट्स (युएई)को रसअल खैमाह स्थित क्लिनिङ कम्पनीमा कार्यरत बनेपा–काभ्रेकी कृष्णा परियारले आइतवार आत्महत्या गरेकी छिन् । 
 
ईदको छुट्टी मनाएर कम्पनीको कोठामा फर्केकी कृष्णालाई भान्सामा झुन्डिएको अवस्थामा साथीहरुले फेला पारेका थिए । उनी आइतवार बिहान १ बजेसम्म फोनमा गफ गरिरहेको उनीसगै कार्यरत निर्मलाले वताइन् ।
 
निर्मलाका अनुसार १७ तारिक बिहान ४ बजे सहकर्मीहरुले आत्महत्या गरेको अवस्थामा फेला पारेको हो । आत्महत्याको कारण खुलेको छैन । यसवारे प्रहरीले अनुसन्धान गरिरहेको छ । परियारको शब स्थानीय अस्पतालमा राखिएको छ । परियारको ७ बर्षिया छोरी छिन् ।
 
Published on: 19 June 2018 | Kantipur

Back to list

;