s

यूएईले दियो तीनमहिने आममाफी

संयुक्त अरब इमिरेट्स (यूएई) ले स्थानीय आवासीय कानुन उल्लंघन गरी अवैधानिक रूपमा बस्दै आएका आप्रवासी कामदारलाई तीनमहिने आममाफी दिएको छ ।
 
यो आममाफी अगस्ट १ गतेदेखि लागू हुनेछ । विदेशी कामदार मामिला तथा बन्दरगाह विभागका कार्यवाहक महानिर्देशक सयिद रकान अल रस्हेन्दीका अनुसार अगस्ट १ देखि अवैधानिक ढंगले बसोवास गरी काम गर्दै आएका कामदारलाई विनासजाय स्वदेश फर्कन वा सामान्य शुल्क तिरेर कानुनी हैसियत बनाएर बस्न छुट दिइएको छ ।
 
यूएईले आफ्नो देशमा सिरिया, लिबिया र यमनका नागरिक अवैधानिक रूपमा बस्न थालेपछि यो कार्यक्रम ल्याएको हो ।
 
Published on: 22 June 2018 | Kantipur

Back to list

;