s

यूएइ–काठमाडौँ १५ उडान तय, टिकट लिन दूतावासको अनुरोध

गोरखापत्र अनलाइन

काठमाडौँ, साउन ३२ गते । आबुधाबीस्थित नेपाल राजदूतावासले नेपाल फर्कन विभिन्न माध्यमबाट नाम टिपाएका नेपालीलाई पायक पर्ने स्थानमा एयरलाइन्सबाट टिकट लिन अनुरोध गरेको छ ।

दूतावासले आज एक सूचना जारी गर्दै भोलिदेखि ३१ अगष्टसम्मको लागि उडान तय भएको जानकारी दिएको हो ।

पाँच एयरलाइन्सले यूएइबाट काठमाडौँका लागि उडान गर्ने छन् । नेपाल एअरलाइन्सको दुबईबाट अगष्ट १७, २१, २५, २७,२९, ३१ तारिखमा उडान हुने तय भएको छ ।

हिमालय एयरलाइन्सको उडान अबुधाबीबाट अगष्ट २५, २७, २९, ३१ तारिखमा हुन लागेको दूतावासले जारी गरेको सूचनामा उल्लेख छ । यसैगरी, एयर अरेबियाको शारजहाँबाट अगष्ट २५ र ३१ तारिकमा हुने तय भएको छ ।

फ्लाई दुबईको जहाज दुबईबाट अगष्ट १७ र २० तारिकमा उडनेछन् । इतिहाद एयरवेजको २७ अगष्टमा उडान हुने भएको अबुधाबीस्थित नेपाली दूतावासले जनाएको छ ।

नेपाल फर्कने नेपालीले कोभिड १९ को नेगेटिभ रिपाेर्ट अनिवार्य रुपमा पेस गर्नुपर्नेछ ।

Published on: 16 August 2020 | Gorkhapatra

Link

Back to list

;