s

युएईका मानव संशाधन मन्त्रीले गरे नेपाली कामदारको प्रशंसा

युएई/ युएईका मानव संशाधनमन्त्री नाशर बीन थानी जुमा अल हाम्लीले नेपाली कामदारको प्रशंसा गरेका छन् ।
 
युएईका लागि नेपालका कार्यबहाक राजदूत सागरप्रसाद फुयाँलसँगको शिष्ट्राचार भेटमा मन्त्री थानीले युएईमा कार्यरत नेपाली कामदारको प्रशंसा गरेका हुन् । भेटका क्रममा नेपालका तर्फबाट कार्यवाहक राजदूत फुयाँलले युएईमा कार्यरत नेपालीका हक अधिकारका बिषयमा कुरा उठाएपछि जवाफमा मन्त्री थानीले युएई नेपाल र नेपाली कामदारको पक्षमा रहेको बताएका थिए ।
 
मन्त्री थानीको निमन्त्रणामा दुई देशीय शिष्ट्राचार भेटघाट भएको दूतावासले जनाएको छ ।भेटघाट कार्यक्रममा राजदूत फुयाँलसहित दूतावासका तृतीय सचिव नारायण ज्ञवालीसमेत सहभागी थिए ।
 
युएईलगायतका खाडी राष्ट्रमा महिलालाई घरेलु कामदारका रुपमा पठाउन नेपाल सरकारले लगाएको प्रतिबन्ध फुकुवा गर्नसमेत चाडो श्रमसम्झौता गरी टुङ्ग्याउन आवाज उठ्दै आएको छ ।
 
Published on: 19 December 2018 | onlinekhabar

Back to list

;