s

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

रूपेश अधिकारी

पछिल्लो तथ्यांक अनुसार, आबुधाबीको अल आत्वा जेलमा सबभन्दा धेरै १०६ जना नेपाली पुरुष छन् । त्यस्तै, दुबईको अल अविर सेन्टर जेलमा चार महिला र ६४ जना पुरुष तथा अलऐनको मनाशिर जेलमा १४ जना पुरुष रहेका छन् ।

अजमानको जेलमा चारजना पुरुष रहेका छन् भने सारजाहको जेलमा ३ महिला र ६ जना पुरुष छन् ।त्यस्तै, फुजईराहको जेलमा एकमहिलासहित दुईजना छन् भने रस अल खइमाहको जेलमा चारजना पुरुष छन् । उम अल क्वुवाईनको कारागारमा भने कोही नेपाली नभएको दूतावासले जनाएको छ ।
 
जेल जीवन बिताइरहेका नेपालीमध्ये धेरैजसोलाई मादक पदार्थसँग सम्बन्धित मुद्दा लागेको जानकारी दूतावासकी द्वितीय सचिव तथा सूचना अधिकारी बिष्णु कुमारी अधिकारीले अनलाइखबरलाई दिइन् ।
 
उनका अनुसार, मादक पदार्थपछि अबैध सम्बन्ध, भिसा सकिएर ओभरस्टे गरेको, सार्वजनिक सम्पत्तिमा क्षती पुर्‍याएको, चोरी, लागूऔषध कारोबार, लेनदेनको मुद्दा छ । हत्याको मुद्दामा समेत युएईमा नेपाली जेलमा परेका छन् ।नेपाली दूतावासले वर्षमा दुई पटक युएइका जेलहरुमा टोली खटाएर तथ्यांक संकलन गर्ने गरेको छ ।

Published on: 20 December 2018 | onlinekhabar

Back to list

;