s

यूएई जाने कामदारमाथि आर्थिक भार कटाैती

संयुक्त अरब इमिरेट्स (यूएई)ले नेपालबाट नयाँ रोजगारीका लागि जाने युवाले प्रहरी रिपोर्ट बुझाउनुपर्ने नियम खारेज गरेको छ । गत फेब्रुअरी ४ देखि लागू गरेको प्रहरी रिपोर्ट बुझाउनपर्ने निर्णय तत्कालका लागि स्थगित गरिएको यूएईस्थित नेपाली दूतावासले जनाएको छ । यूएईको यो निर्णयले सकामदारमाथि थपिएको आर्थिक भार पनि कटौती भएको छ ।
 
यूएईको नयाँ नियमले कामदारमाथि ४५ सय रुपैयाँ आर्थिक भार थपिएको थियो । एक सातामा अगाडि मात्रै भारत तथा अन्य आठ देशमा नेपालसँगै लागू गरेको प्रहरी रिर्पाट खारेज भएको थियो । यूएईले अन्य देशमा खारेज भए पनि नेपालमा निरन्तरता दिएपछि श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले यूएईस्थिति रहेको नेपाली दूतावासका कर्मचारीसँग पराराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक पहल सुरु गरेका थिए ।
मन्त्रीको पहलपछि यूएई सरकारले आइतबारदेखि फेब्रुअरीदेखि लागू गरेको नियम खारेज गरेको हो । विदेशी कामदारका लागि लागू गरिएको नियम हाललाई स्थगित गरिएको जानकारी यूएईको मानवीय संशाधन मन्त्रालयले जानकारी दिएको छ । यूएई जाने नेपाली कामदारले प्रहरी रिपोर्ट बनाउँदा चार हजार पाँच सय तिर्नुपथ्यो ।
 
Published on: 2 April 2018 | Annapurna Post

Back to list

;