s

टर्कीमा बन्धक बनाइएका चार नेपाली मुक्त

कान्तिपुर संवाददाता

काठमाडौँ — टर्कीको ताक्सिम स्क्वायरमा ६ जना पाकिस्तानी हतियारधारीद्वारा बन्धक बनाइएका चार नेपाली मंगलबार मुक्त भएका छन् । उनीहरूलाई प्रतिव्यक्ति १० हजार युरो माग गर्दै तीन दिनदेखि बन्धक बनाइएको थियो । बन्धक बनाउने एक सदस्यलाई पक्राउ गरी टर्की प्रहरी नेपाली राखिएको भवनमा पुगेका थिए ।

प्रहरीले उक्त समूहबाट पेस्तोल र चक्की बरामद गरेको छ । बन्धक हुनेमा दुई–दुई जना पुरुष र महिला थिए । टर्की मामिला हेर्ने पाकिस्तानस्थित नेपाली दूतावासले घटनाबारे जानकार रहेको जनाएको छ । ‘बन्धक हुने नेपालीबारे प्रारम्भिक सूचना छ । त्यसबारे अझै विस्तृत जानकारी आइसकेको छैन । सूचना लिने प्रयास गरिरहेका छौं,’ दूतावासका उपप्रमुख लोकबहादुर क्षत्रीले कान्तिपुरलाई भने । 

प्रहरीबाट उद्धार भएका चार जनाको अवस्था सकुशल छ । ती नेपाली युरोप छिर्न टर्की पुगेका थिए । क्षत्रीले चार जना नेपालीको भिसा अवस्थाबारे जानकारी लिइरहेको बताए ।

Published on: 27 April 2022 | Kantipur

Link

Back to list

;