s

टर्की पुगेका युवक सम्पर्कविहीन

कान्तिपुर संवाददाता 

काठमाडौँ — वैदेशिक रोजगारीका लागि टर्की पुगेका कञ्चनपुरका एक युवक चार दिनदेखि सम्पर्कविहीन छन् । कृष्णपुर–२ बंकका ३० वर्षीय दिव्यदेव अवस्थी सम्पर्कविहीन भएपछि परिवार निकै चिन्तामा छन् ।

इस्तानबुलबाट ग्रिसतर्फ जाने क्रममा सीमा क्षेत्रमा पुगेपछि हिमपातमा परेर सम्पर्कविहीन भएको उनका भिनाजु वीरेन्द्रराज जोशीले बताए । संँगैका केही आप्रवासी कामदार इस्तानबुल नै फर्के पनि उनीसहितका अरु केही फर्केका छैनन् । ‘सँगै भएका साथीहरूले फोन गरेर उनी हिमपातमा परेको भनेका छन्,’ जोशीले भने, ‘हामीहरू फर्कियौं, ऊचाहिँ सम्पर्कविहीन छ भनेका छन् ।’

अवस्थी दसैं अगाडि काठमाडौं सिनामंगलको मेट्टा इन्टरनेसनल मेनपावर कम्पनीबाट टर्की गएका हुन् । त्यसयता नियमित रूपमा परिवारसँग सम्पर्क भइरहे पनि मंगलबारदेखि कुरा हुन नसकेको जोशीले बताए ।

Published on: 6 Frebruary 2022 | Kantipur

Link

Back to list

;