s

'टर्की पठाइदिन्छु' भन्दै १ करोडभन्दा बढी ठग्ने पक्राउ

काठमाडौँ — टर्की पठाइदिन्छु भन्दै १ करोड रुपैयाँभन्दा बढी ठग्ने एक युवती पक्राउ परेकी छिन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) को टोलीले पोखरा महानगरपालिका-५ लेखनाथ टोलकी सुरुची भुजेललाई गत ६ गते पक्राउ परेको हो ।

भुजेलले लेखनाथ टोलकै विनोद श्रेष्ठसमेत सँग मिलेर ३० जनालाई टर्की पठाइदिन्छु भन्दै लाखौँ रकम ठगेका थिए । उनीहरूले टर्कीमा गएको भूकम्पपछि राष्ट्रसंघीय सहयोगमा काम लगाइदिने भन्दै ठगेका थिए ।

उनीहरूले विभिन्न व्यक्तिबाट १ करोड १५ लाख उनान्सय हजार ८ सय रुपैयाँ ठगेका थिए । पक्राउ परेकी भुजेललाई काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी ठगी कसुरमा अनुसन्धान भइरहेको छ ।

Published on: 28 September 2023 | Kantipur

Link

Back to list

;