s

तुलसीपुर बालश्रम मुक्त घोषणा

गोपाल शर्मा

दाङको तुलसीपुर उपमहानगरपालिकाको एक वडालाई बालश्रम मुक्त घोषण गरिएको छ। तुलसीपुर उपमहानगरपालिका ६ बालश्रममुक्त वडा घोषणा भएको हो।बालदिवसको अवसर पारेर उपमहानगरपालिकाको ६ वडालाई बालश्रम मुक्त वडा घोषणा गरेको हो। जिल्लामै पहिलो बालश्रम मुक्त वडाको रुपमा तुलसीपुर ६ लाई घोषणा गरिएको वडा अध्यक्ष नवराज लामिछानेले बताए।

‘बालश्रम मुक्तका लागि लामो समय देखि वडामा प्रयास भइरहेको थियो। त्यहि प्रयासले आज बालश्रम मुक्त वडा बनाउन सफल भएका छौँ’, अध्यक्ष लामिछानेले भने, ‘हामीले सम्पूर्ण सूचक पूरा गरेर पहिलो बालश्रम मुक्त वडा बनाएका हौँ।’ तुलसीपुरमा भएको अध्ययनले केही समय अघि ६ नम्बर वडामा डेढ सय भन्दा बढी बालबश्रमिक रहेको देखाएको थियो।

त्यसलाई व्यवस्थापन गर्दै जादा घोषणको तयारी संगै १३ जना बालश्रमिक भेटिएका थिए। १३ जनालाई परिवारमा पुनस्र्थापन र ब्यवस्थापन गरे पछि वडालाई बालश्रम मुक्त वडा घोषणा गरिएको हो। वडाका ४ हजार ७० जना बालबालिकाहरुमा गरेको सर्वेक्षणमा भेटिएका १३ जना बालश्रमिकको पुनस्र्थापनासँगै नगरलाई बालश्रम मुक्त बनाउनका लागि वडाले यो अभियानको सुरुवात गरेको हो। जसमा ६ जना घरमा रहेका बालश्रमिक र ७ जना ग्यारेज श्रमिक रहेका थिए। वडालाई नगर प्रमुख घनश्याम पाण्डे र प्रतिनिधि समासदस्य हिराचन्द्र केसीले बालश्रम मुक्त वडा घोषणा गरेका थिए। नगरप्रमुख घनश्याम पाण्डेले ६ वडा जिल्लामै पहिलो बालश्रममुक्त वडाको रुपमा घोषणा हुनु निकै गौरवको कुरा भएको बताए। कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसीले बालबालिकाको अधिकारलाई कोही कसैले हस्क्षेप गर्न नहुने बताए। उनले वर्तमान समयमा सरकारलाई आलोचनात्मक कुराले घेराबन्दी गरिरहेको बताए। विकासका कार्यमा स-साना त्रृटिहुनु स्वभाविक भएको भन्दै उनले सबैले सकारात्मक सोच लिनु आवश्यक रहेको बताए।

Published on: 16 September 2019 | Annapurna Post

Back to list

;