s

टिपरमा च्यापिएर एक मजदुरको मृत्यु

दोलखाको भिमेश्वर नगरपालिका ६ स्थित चोथाङको एक वर्कसपमा कार्यरत कामदारको टिपर मर्मतका क्रममा चेपिएर मृत्यु भएको छ ।  

बुधबार चोथाङस्थित जट्टेश्वर मोटर पार्टस् एण्ड वर्कसपमा कार्यरत मजदुरको टिपर मर्मत गर्नेक्रममा हाईड्रोलिक तल झर्दा च्यापिएर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार उक्त वर्कसपमा काम गर्ने पर्सा बिरगंज उपमहानगरपालिका ११ का अरबिन्द साहाकानुको मृत्यु भएको हो । टिपरको पछाडीको भाग (ढाला) उचालेर मर्मत गर्दै गरेका १९ वर्षीय साहाकानु हाईड्रोलिक झरेपछि चेपिएका थिए ।  उनको घटनास्थलमानै मृत्यु भएको दोलखाका प्रहरी प्रमुख डिएसपी बासुदेब पाठकले जानकारी दिए । मृत युवकको शव प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा पोस्टमार्टमका लागि राखिएको छ । बा २ क २८३७ नम्बरको टिपर मर्मतका वर्कसप लगिएको थियो ।

Published on: 5 June 2019 | Nayapatrika

Back to list

;