s

टीपीएस नवीकरण पहल

नेपाली आप्रवासीलाई अमेरिकी अध्यागमनसम्बन्धी अस्थायी संरक्षणको व्यवस्था अर्थात् ‘टेम्पोररी प्रोटेक्टेड स्टाटस’ (टीपीएस) सुविधाको निरन्तरताका लागि गैरआवासीय नेपाली संघ अमेरिकाले डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीसमक्ष माग गरेको छ । एनआरएन अमेरिकाको एक टोलीले त्यस्तो सुविधा कम्तीमा तीन वर्षका लागि नवीकरण गर्न अनुरोध गरेको हो । स्न २०१५ मा नेपालमा आएको महाभूकम्पलाई मध्यनजर गर्दै अमेरिकी सरकारले आफ्नो देशमा रहेका नेपाली आप्रवासीलाई उक्त वर्षको जुन २४ मा पहिलो पटक टीपीएस सुविधा दिएको थियो ।
 
गत वर्षको अक्टोबर २६ मा त्यस्तो सुविधा डेढ वर्षका लागि नवीकरण गरिएको थियो, यो आगामी जुनमा सकिँदै छ । टीपीएस सुविधाले अमेरिकामा बसोबास एवं कामकाजका लागि कानुनी हैसियत गुमाएका नेपाली आप्रवासी एवं विद्यार्थीलाई मद्दत गरेको छ । टीपीएस सुविधाको निरन्तरताका लागि एनआरएनले गत बिहीबार वासिङ्टन डीसीस्थित डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीका अधिकारीलगायत अमेरिकी संसद्मा नेपाल ‘ककस’ का प्रमुख जेरड पोलिस, सदस्यद्वय स्याम ग्रेभ्स र सुजन डेल्बेने तथा न्युयार्कका कंग्रेसम्यान ग्रेस मेङका लगायतसँग भेटेको थियो । टोलीले टीपीएस नवीकरणका लागि आवश्यक छलफल गर्नुका साथै लिखित ज्ञापनपत्रसमेत बुझाएको थियो । 
 
Published on: 18 December 2017 | Kantipur

Back to list

;