s

तीन महिनादेखि कुवेतमा एक नेपाली बेपत्ता

कान्तिपुर संवाददाता

काँकडभिट्टा — करिब दुई वर्षअघि वैदेशिक रोजगारीका लागि कुवेत गएका भोजपुरको षडानन्द नगरपालिका ५ का ३३ वर्षीय खड्गबहादुर बस्नेत गत चैतदेखि बेपत्ता भएका छन् ।

उनी बिदामा घर फर्किने तरखरमा थिए । गत चैत २५ गते बस्नेतसँग श्रीमती भगवतीको अन्तिम पटक कुराकानी भएको थियो । ‘अलिअलि बिरामी छु, छाती दुखिराछ भन्दै हुनुन्थ्यो’, भगवतीले कान्तिपुरसँग फोनमा भनिन्, ‘दिउँसो कुराकानी भएको थियो, रातिदेखि बेपत्ता हुनुभएछ ।’ बस्नेत बेपत्ता भएको कुरा सहकर्मीले फोनमार्फत भगवतीलाई जानकारी गराएका थिए ।

बस्नेत कुवेतको स्टान्डर्ड अरेबियन बिजनेस एण्ड इन्टरप्राइजेज कम्पनीअन्तर्गत वेटरमा कार्यरत थिए । बस्नेतकी श्रीमती भगवतीले पतिको खोजीका लागि कुवेतस्थित नेपाली दूतावासलाई आग्रह गरेकी छन् ।

Published on: 25 May 2020 | Kantipur

Link

Back to list

;