s

तीन महिनासम्म तलव नपाएको दाबी

वैदेशिक रोजगारीका लागि राजधानीस्थित राजधानीको गौशालास्थित एक मेनपावर कम्पनीमार्फत साउदी अरब पुगेका धनुषाका एक युवाले आफूले तीन महिनादेखि तलब नपाएको भन्दै उद्धार गरेर नेपाल फर्काइदिन आग्रह गरेका छन् । धनुषाको जनक–नन्दनी गाउँपालिका ३ का प्रविणकुमार मण्डलले आफू विनातलब काम गर्न बाध्य भएको भन्दै साउदीबाट उद्धार गरिदिन आग्रह गरेका हुन् ।
 
मण्डलका अनुसार उनलाई स्थानीय एजेण्ट नसिवुल राइनले कम्पनीमा स्टीकर टाँस्ने सजिलो र राम्रो कमाई हुने काममा भन्दै पठाएका थिए । उनी एचिभमेण्ट स्प्रीङ जनरल कन्ट्राक्टिङ कम्पनीमा गएका थिए । साउदी अरब पुगेपछि आफू काम गर्न आएको स्टीकर टाँस्ने कम्पनी नभइ सप्लाई कम्पनी भएको थाहा पाएको मण्डलले बताए ।
 
११ सय रियाल (झण्डै ३० हजार नेपाली रुपैयाँ) मासिक तलब हुने आश्वासनमा १ लाख बुझाएर गएको छोरोले काम नपाएको र हाल खान–बस्न समेत समस्या परेको भन्दै मण्डलका बाबु योगनारायण मण्डलले जनकपुरस्थित वैदेशिक रोजगार सूचना केन्द्रमा उद्धार गरिदिन निवेदन दिएका छन् ।
 
Published on: 17 February 2018 | Madhyanha

Back to list

;