s

तीन वर्षदेखि चेली बेखबर

गलैंचा बुनेर बसेकी छोरीलाई राम्रो जागिर लगाइदिन भन्दै गाउँकै मान्छेले विदेश पठाएको ३ वर्ष बित्यो ।

प्रहरीसँग हारगुहार गर्दै उनले भने, 'न फोन आउँछ न चिट्ठी, छोरीलाई त बेचेजस्तो छ ।'

०६५ मा बिदेसिएकी १७ वषर्ीय छोरीको खोजीमा मेलम्ची प्रहरीको सम्पर्कमा आएका बाँसखर्क ४ का बुद्ध श्रेष्ठले चिन्ता गर्दै भने, 'छोरीलाई त दलालले बेचेजस्तो छ ।' गाउँकै दलालले 'लेवनान' पठाउने भनेकाले छोरी पुर्‍याउन आफैं सुनौली नाका पुगेको उनले बताए ।

गाउँकै सुकुमान दोङ, शिखरपुरका बजिर तामाङ र नवलपुरका दावा तमाङले एकै पटक ७ जना किशोरीलाई भारततिर लगेको जानकारी श्रेष्ठले दिए । 'को-को हुन् थाहा छैन,' उनले भने, 'भोटेनाम्लाङकी १८ वर्षकी किशोरी पनि छोरीसँगै थिइन् । काठमाडांैमा गलैंचा बुनेर बसेकी थिई सुकुमानले त्यहीं गएर फकाएछ ।' सुनौली नाकामा पनि सुकुमानले जे जे भन्छ त्यही मानें । प्रहरीले सोध्दा पनि मेरो छोरी हो, राम्रो जागिर पाइन्छ भनेर पठाएको बताए । उनले भने, 'दलालले छोरीलाई 'लेवनान' लैजाने भने पनि नाकामा चाहिं हिमाञ्चल प्रदेश जाने भन्न लगाए ।'

त्यति वेला नाका कटाइएकाहरू फर्के/फर्केनन् पत्तो छैन । श्रेष्ठले छोरीको खोजी गरिदिन इलाका प्रहरी कार्यालय मेलम्चीमा निवेदन दिएका छन् । निरीक्षक चिरञ्जीवी दाहालले भने, 'नाका कटाएको लामो समय बेपत्ता हुनुले खाडी मुलुकमा रोजगारी गरिरहेकोमा शंका छ ।'

Published on: 28 August 2011 | Kantipur

Back to list

;