s

ठेकदारको पिटाइबाट कपनमा मजदुरको मृत्यु

 ठेकेदारकाे कुटपिटबाट बूढानीलकण्ठ नगरपालिका–१०,कपनमा मंगलबार राति एक श्रमिकको ज्यान गएको छ । घटनामा प्रहरीले ठेकेदारसहित ३ जनालाई नियन्त्रणमा लिएको छ । निर्माण कम्पनी सञ्चालन गर्दै आइरहेका प्रेम राईले लेनदेन विवादमा कुटपिट गरी श्रमिक सञ्जय राईको ज्यान लिएका हुन् । प्रहरीका अनुसार मृतक राई केही समयदेखि प्रेमकै निर्माण कम्पनीमा काम गर्दै आइरहेका थिए ।कपन प्रहरीले घटनाको पुष्टि गर्दै ठेकेदारको कुटपिटबाट खोटाङ स्थायी ठेगाना भएका राईको मृत्यु भएको जनाएको छ ।

प्रहरीले घटनामा संलग्नको आरोपमा ठेकेदार प्रेम राईसहित अजय राई र सागर बस्नेतलाई गएराति नै नियन्त्रणमा लिएको छ । उनीहरूलाई प्रहरी वृत्त बौद्धमा राखेर छानबिन भइरहेको प्रहरीले जनाएको छ । कुटपिटबाट ज्यान गुमाएका राईको शव प्रहरीले पोस्टमार्टमा लागि टिचिङ अस्पताल लगेको छ ।

Published on: 4 September 2019 | Onlinekhabar

 

Back to list

;