s

थप नेपालीलाई रोजगारी दिने कुवेती रोजगारदाताहरुको प्रतिवद्धता

कुवेतस्थित नेपाली दूतावासले नेपाली युवाहरुको रोजगारीका लागि त्यहाँका रोजगारदाताहरुसँग अन्तक्र्रिया गरेको छ । गत हप्ता गरिएको अन्तक्र्रियामा कुवेतका उल्लेखनीय रोजगारदाता  सहभागी रहेको दूतावासले जनाएको छ ।
 
सानो संख्यामा डिमाण्ड आउने कुवेत नेपाली कामदारहरुका लागि आकर्षक रोजगार गन्तव्य मानिन्छ । गत पुस महिनामा १ हजार १ सय २४ जना नेपाली कामदार संस्थागत रुपमा गएको कुवेतमा १ सय १२ जना महिला गएका थिए ।
 
‘नेपाली श्रमिकहरूका लागि कुवेतमा थप रोजगारीको खोजी एवं उनीहरूका समस्या समाधान’ शिर्षकमा उक्त अन्तक्र्रिया भएको थियो । अन्तक्र्रियामा दूतावासले कुवेती रोजगारदाताहरूलाई नेपाली कामदारहरूको कार्यदक्षता अनुसार रोजगारीको अवसर बृद्धि गरिदिन आग्रह गरेको बताएको छ ।
 
कुवेतका लागि नेपाली राजदूत यज्ञबहादुर हमालले नेपाली कामदारहरू झन्झटमुक्त रोजगारीको पक्षमा रहेकाले सोही अनुरुप रोजगारीको प्रबन्ध गरिदिन माग गर्दै कुनै पनि प्रकारका समस्या सिर्जना हुन नदिन निरोधात्मक उपायमा जोड दिन समेत आग्रह गरेको दूतावासले जनाएको छ ।
 
राजदूत हमालले नेपाल र कुवेतबीचको मैत्रीपूर्ण सम्बन्ध तथा नेपाली नागरिकहरूको दक्षता एवं जिम्मेवारीप्रतिको प्रतिवद्धताको चर्चा गर्दै नेपालका दक्ष तथा अर्धदक्ष जनशक्तिका लागि रोजगारीका अवसरहरू बृद्धि भए त्यो कुवेती कम्पनीहरुका लागि समेत लाभदायी हुने कम्पनीहरूलाई आग्रह गरेका छन् । प्रतिउत्तरमा कुवेती रोजगारदाता कम्पनीका प्रतिनिधिहरुले दक्ष एवं अर्धदक्ष लगायतका नेपाली श्रमिकहरुका लागि रोजगारीको अवसर बृद्धि गर्दै जाने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।
 
उनीहरूले नेपाली नागरिकहरुका लागि कुवेतमा रोजगारी प्रवद्र्धन गर्ने सिलसिलामा दूतावासबाट भएका पहलहरुको प्रशंसा समेत गरेका थिए । कार्यक्रममा कुवेतका प्रमुख रोजगारदाता कम्पनीका उच्च तहका प्रतिनिधिहरुको सहभागीता रहेको दूतावासले जनाएको छ ।
 
कार्यक्रममा दूतावासका द्वितीय सचिव ज्ञानबहादुर मगरले ‘नेपाली श्रमिकका समस्याहरू एवं तिनको समाधान’ विषयमा र श्रम सहचारी ज्ञानेन्द्र शर्माले ‘नेपाली श्रमिकहरूका लागि थप रोजगारीको सम्भाव्यता’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । प्रथम सचिव भोगेन्द्र लिङ्देनले कार्यक्रममा सहजीकरण गरेका थिए ।
 
Published on: 19 February 2018 | Madhyanha

Back to list

;