s

ठगिएको १३ वर्षपछि उजुरी

नवलपरासी (कास)–¬ वैदेशिक रोजगारीमा पठाइदिने भन्दै जग्गा पास गराई फरार भएको १३ वर्षपछि पीडितले प्रहरीमा उजुरी दिएका छन् । 
 
गैंडाकोटका मनवीर दर्जीले गाउँकै दशरथ गिरीलाई दुई कट्ठा जग्गा पास गरेका हुन् । गिरी फरार भएकाले मानवीर रोजगारीमा जान पाएनन् । गिरीले ८५ हजारमा कतार पठाइदिने बताएका थिए । घरको आर्थिक अवस्था कमजोर रहेका उनले बाबुसँग सल्लाह गर्दा नगद जुटाउन नसकेको गिरीले पत्तो पाए । ऋण खोज्दा गाउँमा कसैले पत्याएनन् । 
 
त्यसपछि मनवीरका बाबु लक्ष्मणका नाममा रहेको दुई कट्ठा आफ्नो नाममा पास गर्न लगाए । विदेशबाट पैसा पठाएपछि तीन महिनामा जग्गा फिर्ता गर्ने सर्त राखियो । 
 
सोहीअनुसार कागजमा सहीछाप गरे । लक्ष्मणले ०६२ जेठ १० मा मालपोत कार्यालय कावासोतीमा गएर गैंडाकोटको ७ क, ४६९ नम्बरको कित्ताबाट गिरीकी पत्नी शुभलक्ष्मीका नाममा पास गरिदिए । त्यसलगत्तै उनी बेपत्ता भए । त्यसका कारण दर्जी परिवारमा कलह सुरु भयो । तनावमा परेका बाबु लक्ष्मणले केही दिनपछि आत्महत्या गरे । मजदुरी गरेर जीवन धान्दै आएका उनीहरूको बिचल्ली भयो ।
 
Published on: 15 June 2016 | Kantipur

Back to list

;