s

ठगी करोड, उठ्यो १९ लाख

मकाउमा सुरक्षागार्डको काम गर्न भनेर रेशमबहादुर भुजेलले रेसुंगाइन्टरनेसन म्यानपावर कम्पनीलाई एक लाख रुपैयाँ बुझाए । तर महिनौं पर्खंदापनि मकाउ जान पाएनन् । 'बोइङ जहाज' चढ्ने दिन कुरिबसेका बेला खबर आयो, 'पैसा बुझाएको म्यानपावर कम्पनी सञ्चालकहरू फरार भए ।'

रकमसँगै होसहवास गुमेका भुजेलसहित ठगिएका ३१ जनाले क्षतिपूर्ति माग गर्दैबैदेशिक रोजगार विभागमा उजुरबाजुर गरे । ६ महिनापछि अनुसन्धान गरेर विभागलेगत हप्ता निर्णय गर्‍यो, 'पीडितलाई हर्जनासहित बिगो रकम म्यानपावरकम्पनीको धरौटीबाट काटेर दिने ।'

रेसुंगाले ३० लाख रुपैयाँ धरौटी राखेर म्यानपावर दर्ता गरेको थियो । गतभदौ ३० अघि नै उसबाट ठगिएकाहरूलाई रकम फिर्ता दिइएकाले बाँकी १९ लाखरुपैयाँ मात्रै रहेछ । त्यसबाट बचेको रकम दामासाहीले भाग लगाउँदा भुजेलकोभागमा २५ हजार सात सय ४५ रुपैयाँ मात्रै पर्‍यो । विभागले भने उनलेपाउनुपर्ने रकम एक लाख पचास हजार तोकेको छ । विभागका अनुसार रेसुंगाकासञ्चालक पारस लोहनी र सूर्य भुजेल ३१ जना कामदारसँग ७३ लाख ८० हजार रुपैयाँउठएर फरार छन् ।
त्यसमा ३६ लाख ९० हजार रुपैयाँ हर्जना लगाई रेसुंगाबाट एक करोड १० लाख रुपैयाँ भराउने निर्णय विभागले गर्‍यो ।

'म्यानपावर कम्पनीको धरौटी कम भएकाले हामी डुब्यौं,' पीडितमध्येका एकयादवबहादुर गौतमले भने । ३३ लाख ६६ हजार रुपैयाँ पाउनुपर्ने गौतमको भागमा ५लाख ७७ हजार रुपैयाँ परेको छ । विभागले बाँकी रकम भने म्यानपावर सञ्चालकोचल अचल सम्पत्तिबाट दिन सकिने जनाएको छ । तर, त्यो कहिले पाउने निश्चितनभएकाले पीडितहरू चिन्तित छन् ।
राष्ट्रिय सतर्कता केन्द्रले वैदेशिक रोजगार व्यवसायीको धरौटी एक करोडरुपैयाँ राख्नुपर्ने सुझाव दिएको छ । जानकारहरू भने म्यानपावर सञ्चालककोव्यावसायिकता नै महत्त्वपूर्ण रहेको धारणा राख्छन् । 'धरौटी धेरै राख्दैमाठगी नै हुँदैन भन्न नसकिने र साविकै धरौटीमा पनि ठूलो सख्यामा कामदारपठाउने संस्थाहरू छन्,' विभागका महानिर्देशक पूर्णचन्द्र भट्टराईले भने ।

Published on: 16 April 2012 | Kantipur

Back to list

;