s

ठगी गर्ने पक्राउ

ठगी गरेको आरोपमा प्रहरीले सर्लाहीका सञ्जीवकुमारप्रसाद साहलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार साहले विदेश पठाइदिने भन्दै नखिपोटका भीमकुमार माबोबाट २ लाख, हरिसिद्धिका सुरेन्द्र नेम्बाङबाट २ लाख ५६ हजार, काठमाडौं बौद्धका धनलक्ष्मी थापाबाट २ लाख ५६ हजार र लालबहादुर लिम्बुबाट २० हजार रुपैयाँ ठगी गरेका थिए । ग्वार्कोबाट पक्राउ परेका उनको साथबाट २ लाख ७ हजार नगद पनि बरामद भएको प्रहरीले जनाएको छ ।
 
Published on: 22 November 2017 | Kantipur

Back to list

;