s

ठगी आरोपमा म्यानपावर सञ्चालक पक्राउ

कान्तिपुर संवाददाता

काठमाडौँ — श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा गठित मार्सल टोलीले ठगी गरेको अभियोगमा ट्रिपल स्टार इप्लोइमेन्ट प्रालिका सञ्चालक भीम गुरुङलाई बिहीबार पक्राउ गरेको छ ।

संयुक्त अरब इमिरेट्स (यूएई)को ग्लोवल सेक्युरिटी कम्पनीमा रोजगारी दिलाइदिने भन्दै भिजिट भिसामा पठाएर ठगी गरेको भन्दै उनली टोलीले पक्राउ गरेको हो । गुरुङलाई थप छानबिनको लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा राखिएको छ । 

आफूहरुलाई सशस्त्र सुरक्षा गार्डको लागि तीन महिनाअघि ७ लाख ५० हजार रुपैयाँ लिई भिजिट भिसामार्फत पठाएको पीडितले दाबी गरेका छन् । जसमा राजीव सुनुवार, ज्ञानेन्द्र रानाभाट, सुनील पन्थ, रमेशजंग राना, चन्द्रबहादुर बिक, अर्जुन तामाङ, रोशनराज पाण्डे, प्रताप तामाङ, चिरायु सरदार, भुकबहादुर लामा, शिवराज पन्त र सन्तोष चपागाई रहेका छन् । 

म्यानपावरले संस्थागत ढंगले नभई दलालहरुले पठाएको दाबी गर्दै आएको छ । मंगलबार पीडितसहित ट्रिपल स्टार म्यानपावर पुगेका युटुवरहरुमाथि आक्रमण भएको थियो । जसमा तीन जना युटुवर घाइते भएका थिए ।

यसैबीच, नेपाल वैदेशिक रोजगार व्यवसायी संघले युटुवरहरुबाट व्यवसायीलाई आतंकित बनाइ बदनाम गराउने आपराधिक लाभ लिने, धम्काउने व्यवसायीको कार्यालयमा प्रवेश गर्ने, सञ्चालकहरुलाई धम्काउने तोडफोड गर्ने कार्य निरन्तर भइरहेको भन्दै सुरक्षा प्रदान गर्न बिहीबार गृह मन्त्रालय र श्रम मन्त्रालयमा निवेदन दिएका छन् ।

Published on: 4 February 2022 | Kantipur

Link

Back to list

;