s

ठगी आरोपमा दुई युक्रेनी पक्राउ

वैदेसिक रोजगारमा लैजाने भन्दै नेपाल आएर ठगी गरेको आरोपमा प्रहरीले दुई युक्रेनी नागरिकलाई पक्रेको छ । पक्राउ पर्नेमा बिल्ली भिटाली र नाटालिया छन् ।उनीहरूले आकर्षक रोजगारमा पोल्यान्ड लैजाने भन्दै नेपाली युवालाई ठग्दै आएको प्रहरीले जनाएको छ । उनीहरूलाई महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

महाशाखाका एसपी सोमेन्द्रसिंह राठौरले नेपाली युवालाई पोल्यान्ड लैजाने भन्दै ठगी गरेको पाइएपछि पक्राउ गरिएको बताए । उनले भने, ‘दुई युक्रेनी पक्राउ परेका छन् । उनीहरूले नेपाली युवालाई प्रलोभनमा पारेर पोल्यान्ड लैजाने अश्वासन दिने गरेको भेटियो । उनीहरूलाई हिरासतमा लिई थप अनुसन्धान भइरहेको छ ।’

प्रहरीका अनुसार उनीहरूले पुतली सडकस्थित शंकरदेव क्याम्पस नजिकै ‘पिपल फर वर्क’ नामको कार्यालय नै खोलेका थिए । उनीहरूलाई पोल्यान्ड लैजाने भन्दै प्रलोभन देखाउँथे । यस क्रममा उनीहरूले प्रारम्भमा युवासँग जनही दुई लाख रुपैयाँका दरले उठाउने गर्थे र बाँकी रकम काम भएपछि लिने भन्दै युवालाई फिर्ता पठाउँथे ।

Published on: 16 August 2018 | Naya Patrika

Back to list

;