s

ठगी आरोपमा एक पक्राउ

वैदेशिक रोजगार विभागको अनुगमन टोलीले वैदेशिक रोजगारीमा जाँदै गरेका कामदारबाट बढी सुल्क लिँदै गरेका म्यानपावर कम्पनीका एक कर्मचारीलाई रंगेहात पक्राउ गरेको छ । सरकारले तोकेभन्दा बढी शुल्क असुल्दै गरेको अवस्थामा बसुन्धरास्थित दी सेन्टर कन्र्सन प्रालिका पब्लिक रिलेसन अफिसर बालकुमारी राईलाई टोलीले पक्राउ गरेको हो ।
 
विभागका शाखा अधिकृत माधवप्रसाद ढकालको नेतृत्वमा अनुगमन टोली खटिएको थियो । अनुगमन टोलीले वैदेशिक रोजगारीका लागि कतार जाने क्रममा रहेका तारावीर कँडेलबाट ९५ हजार लिँदै गरेको अवस्थामा राईलाई रंगेहात पक्रेको हो । जबकि म्यानपावर कम्पनीले सेवाग्राहीबाट १० हजारभन्दा बढी लिन नपाउने प्रावधान छ । सरकारले खाडी तथा मलेसियाका लागि फ्री भिसा फ्री टिकटको नीति लागू गरेको छ ।
 
म्यानपावर सञ्चालक मायाबी गुरुङ विदेशमा रहेकाले उनलाई नियन्त्रणमा लिन नसकेको विभागका प्रवक्ता उद्धव रिजालले बताए ।
 
Published on: 1 June 2018 | Naya Patrika

Back to list

;