s

तीन सय नेपालीलाई घर फर्किन साउदीले दियो भिसा

विष्णु घिमिरे

साउदी अरेबिया : साउदी अरबस्थित नेपाली दुतावास रियादले वहिर्गमन भिसा पाउने नेपालीको नामावली सार्वजनिक गरेको छ। हालसम्म ३ सय ८ जनाले वहिर्गमन भिसा प्राप्त गरेका छन्।

दुतावासका अनुसार साउदीको विभिन्न कम्पनी, प्रतिष्ठानहरुमा कार्यरत रहँदा अनुमतिपत्र (अकामा) नवीकरण नगरिएका कारण स्वदेश फर्कन चाहने नेपालीलाई स्वदेश फर्काउन आवश्यक वहिर्गमन भिसा सहज र सरल रुपमा प्रदान गर्नको लागि साउदी सरकारलाई लामो समयदेखि आव्हान गरेको थियो।

साउदी सरकारले थप वहिर्गमन भिसा प्रदान गर्ने प्रकृयाको थालनी गरेको छ भने हालसम्म वहिर्गमन भिसाको लागि २ हजार भन्दा बढि नेपालीले फारम भरेका छन्। साथै वहिर्गमन भिसाको लागि ४ महिनादेखि निवेदन दिएका मध्ये दूतावासले विभिन्न समयमा सम्बन्धित नेपालीबाट संकलन गरेका विवरण साउदी सरकारलाई उपलब्ध गराएको थियो भने कोरोना भाइरसका कारण प्रक्रियामा ढिलाइसमेत भएको थियो।

कोरोनाको महामारीसँगै वहिर्गमन भिसा प्राप्त गरेका मध्ये १५० बढि चार्टर उडानबाट स्वदेश फिर्तासमेत भएका छन्।

Published on: 14 July 2020 | Annapurna Post

Link

Back to list

;