s

तान्जानियामा ६ नेपाली थुनामा

साइप्रसमा रोजगारी दिने भन्दै अफ्रिकी मुलुक तान्जानिया पुर्‍याइएका चार नेपालीसहित दुई रोजगार एजेन्टहरू दारेसलामस्थित जेलमा थुनामा परेका छन् ।

गैरआवासीय नेपाली संघको अफ्रिका क्षेत्रीय संयोजक हिक्मत थापाका अनुसार थुना पर्नेमा बर्दियाका दीनानाथ अधिकारी, बुटवलका रामप्रसाद पौडेल, आत्माराम घिमिरे र कमल गौतमसहित एजेन्टरहरू अशोककुमार खड्का र उनका एक सहयोगी रहेका छन् । एजेन्टले यी चार नेपालीलाई भारतको मुम्बई हुँदै तान्जानिया पुर्‍याएको थियो । झन्डै एक महिनादेखि जेलमा रहेका उनीहरूलाई मानव बेचबिखनविरुद्धको मुद्दा लगाइएको थापाले बताए । यी नेपालीलाई जेलमुक्त गराउनमा दक्षिण अफ्रिकास्थित नेपाली दूतावास लागिपरेको उनले जानकारी दिए ।

Published on: 7 February 2012 | Kantipur

Back to list

;