s

तान्जानियामा ६ नेपाली पक्राउ

राम्रो जागिरको आश्वासन दिई दलालले अफ्रिका पुर्‍याएका ६ नेपाली तान्जानियामा पक्राउ परेका छन् । गैरआवासीय नेपाली संघ केन्याका महासचिव सर्वेश जोशीले व्यक्तिगत रूपमा धरौटी राखी उनीहरूलाई जिम्मा लिएका छन् ।

उनीहरूलाई जोशीले नै होटलमा राखेका छन् । तान्जानिया अध्यागमनले समातेका वासुदेव तिमिल्सेनालगायत ६ नेपालीलाई युगान्डा बस्ने दलाल चक्रबहादुर भट्टराईले भारत, केन्या, युगान्डा हुँदै चार दिनअघि तान्जानिया पुर्‍याएका थिए ।

उनीहरूलाई सोमबार अध्यागमन लगी कागजात मिलाएर देश फर्काउने प्रक्रिया सुरु गरिने एनआरएन अपि|mकाका संयोजक हिक्मत थापाले जानकारी दिए ।

 

Published on: 27 January 2014 | Kantipur

Back to list

;