s

तालिमप्रदायक संस्थालाई अद्यावधिक गर्न निर्देशन

काठमाडौँ, पुस २ गते । वैदेशिक रोजगार विभागले दोस्रो संशोधित मापदण्ड अनुसार विवरण पेस गर्न सबै अभिमुखीकरण तालिमप्रदायक संस्थालाई निर्देशन दिएको छ ।

अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि दोस्रो संशोधनले नयाँ मापदण्ड तयार गरेकाले सोहीबमोजिम तालिमप्रदायक संस्थालाई आउँदो पुस १९ भित्र अद्यावधिक गर्न विभागले निर्देशन दिएको हो ।

विभागका निर्देशक कविराज उप्रेतीले अभिमुखीकरण तालिमप्रदायक केही संस्था गैरजिम्मेवार भई तालिमबिना नै प्रमाणपत्र दिएका प्रमाण बाहिरिएपछि कार्यविधि संशोधन गरेर यी संस्थालाई जिम्मेवार बनाउन कार्यविधि संशोधन गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार संशोधित कार्यविधिमा तोकिएबमोजिम जनशक्ति र कार्यालयको पूर्वाधार तयार भएको स्पष्ट प्रमाण विभागको अनुगमन शाखामा पेस गर्नुपर्ने छ ।

कार्यविधिमा प्रशिक्षकको व्यवस्था गर्नुपर्ने र कम्तीमा एक जना आफूले छानेको क्लस्टर अनुसारको देशमा फर्की आएको प्रशिक्षक हुनुपर्ने उल्लेख छ । संशोधित कार्यविधिमा प्रत्येक प्रशिक्षक कक्षामा ८४ इन्चको स्मार्ट बोर्ड, दुई वटा कम्प्युटर, प्रिन्टर र विभागको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) सँग मेल खाने आइरिस रेटिना हाजिरी मेसिन (आइरिस स्क्यानर) अनिवार्य हुनु पर्छ ।

Published on: 18 December 2023 | Gorkhapatra

Link

Back to list

;