s

तालिम तथा रोजगार कार्यक्रम आयोजना गर्दै हुलास स्टील

अवैध ढंगले अमेरिका छिर्नु जोखिम हो भन्ने जान्दाजान्दै कैयौं नेपालीले यो बाटो हिँड्न छाडेका छैनन्। अमेरिका जाने सपनाले दाजुको बाटैमा मृत्यु भएको थाहा पाए पनि सहोदर भाइ त्यही बाटोमा हिँड्न पटकपटक तत्पर भएको घटना टिठलाग्दो छ। अमेरिका यात्रामा पानामास्थित क्यारेबियन सागरमा डुंगा दुर्घटनामा परी बेपत्ता भएका रुकुम पश्चिमको बाफिकोट गाउँपालिका–७ का ३० वर्षीय प्रदीप खत्रीका भाइ पटकपटक अमेरिका छिर्न खोजिरहेका छन् तर सफल हुन सकेका छैनन्।

दलालको लहैलहैमा लागेर अमेरिका जान खोज्दा प्रदीप बीच बाटामै बिलाएका थिए। दाइले त्यसरी जीवन गुमाउनुपर्दाको पीडा सहेर भाइले पनि त्यसरी नै अमेरिका जान खोज्नु विडम्बना बनेको छ। गत वर्ष कात्तिकमा प्रदीप बेपत्ता भएको खबरपछि तिनै दलालले दाइको सट्टामा भाइलाई अमेरिका लाने भने। त्यहीक्रममा उनलाई पटकपटक दुबईसम्म पुर्याइएको थियो। खत्री परिवारका जेठा छोराको डुंगा दुर्घटनामा बेपत्ता भएको खबर नसेलाउँदै अर्का छोरा अमेरिका जान तयार भएका छन्। भाइ अमेरिका जाँदै गर्दा आधा बाटाबाटै फर्किनुपरेको तर पनि अमेरिका जाने रहरमा रुमलिन नछाडेको खत्री परिवारको भनाइ छ।

प्रदीप दुई बच्चाका बाबु थिए। पछिल्लो सन्तान जन्मिएको १५ दिन नपुग्दै अमेरिका जाने भन्दै प्रदीप हिँडेको उनकी पत्नी धनमायाले बताइन्। सुत्केरी पत्नी र बाबुआमालाई छाडेर २०७८ भदौमा प्रदीप घरबाट हिँडेका थिए। ‘३३ लाख रूपैयाँ लिएका दलालले अमेरिका प्रवेशका लागि उहाँलाई दुबई हँुदै किर्गिस्तानसम्म पुर्याएका थिए। तर उहाँ अमेरिका पुग्न असफल हुनुभयो,’ उनले भनिन्, ‘अमेरिका नपुग्दै आधा बाटोबाट श्रीमान् दुबई फर्किनुभयो। त्यतिबेला अमेरिका जानुपर्दैन पनि भनेका हौं। आफ्नो ३३ लाख रूपैयाँ खर्च भइसकेको र गाउँमा आएर सो रकम तिर्न नसक्ने भन्दै उहाँले फेरि अमेरिकै जान बल गर्नुभयो।’

पहिलोपटक असफल भएपछि प्रदीप ३० लाख रकम बुझाएर अर्कै दलालमार्फत पुनः अमेरिका यात्रामा निस्किएका थिए। सोही यात्राका क्रममा उनी पानामास्थित क्यारेबियन सागरमा २०७९ कात्तिकमा दुर्घटनामा परी बेपत्ता भएको खबर घरसम्म आइपुग्यो। पत्नी धनमाया भन्छिन्, ‘श्रीमान्को दुर्घटनाको खबरले हामी पुरै परिवार बेहोस भएका थियौं। खोजतलास गरौं, कता गर्ने ? प्रहरीसमक्ष उजुरी गर्न जाऔं, उहाँ आफैं अवैध रूपमा अमेरिका प्रस्थान गर्न तम्सिनुभएको थियो।’

हुलास स्टील उद्योग लिमिटेडको औद्योगिक यात्रा नेपालमा सन् १९८१ मा ग्रीनफिल्ड भेन्चर, कोमक्राफ्ट र गोल्छा समूहद्वारा संयुक्त रुपमा शुभारम्भ भएको थियो। यस उद्योगको “गुराँस“ छाप आज कर्कट जस्तापाता, अलुमिनियुम पाइप र स्टील संरचना उत्पादनको उच्च गुणस्तरताको पर्यायवाची नामको रुपमा चिनिने गरेको छ।

हिप्को सुपरबिल्ड हुलास स्टील कै एउटा नविन उद्योगको रुपमा रहेको छ। हिप्को सुपरबिल्ड स्टील संरचना उत्पादन गर्ने पहिलो उद्योग र सम्पूर्ण स्टील उत्पादन क्षमता भएको मुलुककै एक मात्र उद्योगको रुपमा रहेको कम्पनीले बताएको छ।

उद्योगको उत्पादनबाट नेपालभर ठुला स्टील संरचनाका व्यावसायिक भवन, भण्डारण, सोरुम, पोल्ट्री फार्म र हवाई ह्याङ्गरहरु बनेका छन्। सँगै फ्याब्रिकेसन उत्कृष्टतामा दक्षता बढाउन हिप्को सुपरबिल्ड प्रतिबद्ध रहेकाे कम्पनीको भनाइ छ।

हिप्को सुपरबिल्ड स्टील फ्याब्रिकेशन तालिम तथा रोजगार कार्यक्रमले नेपालको श्रम बजारको प्रमुख चुनौतीहरूलाई समाधान गर्न बेलायत सरकारद्वारा सहयोगार्थ रोजगारका लागि सीप कार्यक्रम नेपालको लुम्बिनी र मधेश प्रदेशमा कार्यान्वयन हुँदै आएको छ।

यस कार्यक्रमले ४५,००० नेपालीहरुको जीविकोपार्जन उन्नत बनाउने काम गर्दै आइरहेको छ। यो कार्यक्रमलाई दिवाकर गोल्छा कर्परेशन अन्तर्गत हुलास स्टील उद्योग लिमिटेड र हिप्को सुपरबिल्डले संयुक्त रुपमा कार्यान्वयन गर्दै आइरहेको छ। यसको साझेदारी नेपाल उद्योग परिसंघ र मेक ईन नेपाल (स्वदेशी) अभियानले गरेका छन्। यस कार्यक्रमले १,३४८ जनालाई श्रम बजारको माग अनुरूप तालिम र रोजगार दिन लागेको कम्पनीले बताएको छ।

यस तालिम सात दिनको अवधि भरि रहने छ। यो तालिम वीरगन्ज महानगरपालिका वडा नं ३१ बेलवा परसौनीस्थित हिप्को सुपरबिल्डको कारखानामा दिन लागिएको हो।

यो तालिम विशेष गरी स्टील / फलामका श्रमिक, महिला, अति निम्न आय भएका व्यक्ति र बिपन्न वर्गलाई लक्षित गरिएको छ। यस तालिममा नेपाली नागरिकता भएका र मधेश प्रदेश र लुम्बिनी प्रदेशमा स्थाई वा अस्थाई रुपमा बसोबास गरिरहेकाहरू सहभागी हुन सक्नेछन्।

यो तालिम असार २०८० देखि कार्तिकसम्म लागु गरिनेछ। यस तालिमले निर्माण र निर्माण सामग्री उत्पादन गर्ने निजी क्षेत्रका कलकारखानाहरुलाई आफ्नो व्यवसायको माग अनुसारको दक्ष कामदार प्रदान गर्ने कम्पनीको भनाइ छ।

हुलास स्टीलले प्राकृतिक श्रोत र सामाजिक विकासलाई सन्तुलनमा ल्याउँदै समग्र मुलुकको दिगो आर्थिक वृद्धिमा महत्त्वपूर्ण योगदान दिँदै आएको कम्पनीले जनाएको छ।

Published on: 20 June 2023 | Nagarik

Link

Back to list

;