s

ताहाचलबाट पक्राउ परेकाहरुको म्याद थप

महानगरीय प्रहरी परिसर टेकुले विचौलियाको आरोपमा वैदेशिक रोजगार विभाग अन्तर्गतको काठमाडौं कार्यालय ताहाचल क्षेत्रबाट पक्राउ परेका ३५ जनालाई सार्वजनिक मुद्दामा चलाइने भएको छ । उनीहरुलाई बुधबार नै जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी अनुसन्धान शुरु गरिएको एसएसपी राम चन्द्र पोखरेलले बताएका छन् ।
 
मुद्दा खेप्नेमा रबि तामाङ, राजेन्द्र गुरुङ, ऐनबहादुर ताम्रकार, रामबहादुर पन्त,उज्वल पन्त, राधेश्याम थापा, बिवेक खड्गी, दिपेन खवास, हरिचन्द्र गुरुङ, अन्जन ढकाल रहेका छन् ।
 
त्यसैगरी विशाल दराई, सुनिल श्रेष्ठ, राहुल कार्की, कुमार श्रेष्ठ,विजय लामा, जिवन वि.क., सन्तोस वि.क.,सिर्जना मगर, संगीता मगर, सानु लामा , सीता मगर, शरण श्रेष्ठ,रामकिसन धरिकार, चन्द्र श्रेष्ठ, बिदुर खड्का, पुष्पराज भट्टराई,श्याम मेचे, सुजन सापकोटा, पुष्पकुमार राई, विकाश खनाल, सागर पराजुली,गोकर्णप्रसाद ढकाल, सन्दिप ढकाल, तेन्जिन लामा र रामचन्द्र पोखरेल पनि थुनामारहेका छन् ।
 
Published on: 9 March 2018 | Madhyanha

Back to list

;