s

स्वदेशमै रोजगारी सिर्जना गर्नु पर्नेमा जोड

काठमाडौं : कोरोना भाइरस (कोभिड–१९) ले वैदेशिक रोजगार गुम्ने खतरा बढ्दै गएको भन्दै स्वदेशमा रोजगारी सिर्जना गर्न सरकारलाई सुझाएका छन् ।

नेपाल नीति प्रतिष्ठान(एनपिआई), नाइस, काउन्टर फर डेप्लोमेसी एण्ड डेपलपमेन्ट, नेपलिज माइग्रेन्थ युनिटी नेटवर्कले आयोजना गरेको भर्चुअल कार्यक्रम  बोल्ने वक्ताहरुले विभिन्न क्षेत्रमा रोजगारी सिर्जना गर्न ध्यानाकर्षण गराएका हुन् ।

कोरोना भाइरस (कोभिड १९) ले स्वदेशी रोजगार तथा वैदेशिक रोजगारी गुम्ने भन्दै प्रयाप्त रोजगारी सिर्जना गर्न ध्यान दिनुपर्ने बताए । शहरी विकास, कृषि, पर्यटन,  उत्पादन लगायतका क्षेत्रमा रोजगारी सिर्जना गर्न सकिने सरोकारवालाहरुको भनाइ थियो ।

एनपीआईका अध्यक्ष खगेन्द्र ढकालले कार्यपत्र प्रस्तुत गर्दै कोरोनाले रोजगारी गुमाएर विदेशमा रहेका श्रमिक स्वदेश फिर्ता हुने क्रम बढेकाले उनीहरुको व्यवस्थापनमा ध्यान दिनुपर्ने बताए । जीविकोपार्जन, खाद्य सुरक्षा, साना र मझौला व्यवसाय प्रवर्द्धन गरी रोजगारी सिर्जना गर्न सकिने उनले बताए ।

वैदेशिक रोजगारीबाट प्राप्त सामाजिक रेमिट्यान्सलाई सदुपयोग गर्न सरकार चनाखो हुनुपर्ने उनको भनाइ छ । विदेशबाट फर्कनेले ल्याएको सीप, दक्षता सूचीकृत गर्दै गाउँगाउँमा तालिम दिएर रोजगारीमा सामेल गराउन सकिने बताए । सरकारले बजेटमार्फत स्थानीय तहमै तालिम दिने योजना बनाएको छ । सीप युक्त व्यक्ति विदेश जाँदा पनि राम्रो

कमाइ गर्न सक्ने र स्वदेशमा पनि उद्यमी बन्न सक्ने भएकाले उनले सीपमूलक तालिमलाई उच्च प्राथमिकता दिन सरकारलाई सुझाएका हुन् । 

अन्तर्राष्ट्रिय श्रम संगठन(आईएलको) का कन्ट्री डाइरेक्टर रिचर्ड अवर्डले सरोकारवाला निकायसँग सहकार्य गरी नेपालमै रोजगारी सिर्जना गर्न सकिने संभावना रहेको बताए । नेपाल श्रमबजारमूलक देश भएको भन्दै अवर्डले कोभिडपछि गन्तव्य मुलुकमा पनि रोजगारीमा पठाउन सकिने संभावना नटरेको बताए ।

ओमनका लागि नेपाली राजदूत शमिर्ला ढकाल पराजुलीले कोरोनाका कारण २५ प्रतिशत भन्दा बढी वैदेशिक रोजगारी गुम्ने भएकाले स्वदेशमा रोजगारीको अवसर खोज्नुपर्ने बताइन् । नेपाल कृषिको प्रचुर संभावना भएकाले कृषिलगायत विविध क्षेत्रमा प्रचुर रोजगारी सिर्जना गर्न सकिने बताइन् ।

महिला अधिकारकर्मी सरु जोशीले वैदेशिक रोजगारीमा रहेका नेपालीको स्वास्थ्य सुरक्षा तथा जीविकोपार्जनको विषय अत्यन्तै चुनौतीपूर्ण रहेको भन्दै सरकारले महिला संवेदनशीलतामा ध्यान दिनुपर्ने बताइन् ।

जोशीले माइग्रेसन ल्याब र एनपीआईको साझेदारीमा विदेशमा रहेका श्रमिक नेपालीको अध्ययन भइरहेको बताइन् ।

Published on: 5 July 2020 | Annapurna Post

Link

Back to list

;