s

स्वदेश फिर्ता हुने १५ हजारको नामावली सार्वजनिक

विष्णु घिमिरे 

साउदी अरेबिया : साउदी अरेबियामा कोरोना भाइरसको असरले  स्वदेश फिर्ता हुने नेपाली अलपत्र परेका छन्। दुतावास रियाद र वाणिज्य दुतावास जेद्धाले हालसम्म स्वदेश फिर्ता हुनको लागि १५ हजार ७ सय ८० जनाको नामावली सार्वजनिक गरेको छ। त्यसमध्ये चार्टर उडानबाट ७ हजार ८ सय १२ जनाले यात्रा गरेका छन् भने वाँकी अलपत्र परेका छन्।

कोरोनाको महामारीसँगै साउदीमा कतिपय कम्पनी बन्द हुँदै गएको अवस्था छ। जसले गर्दा  हजारौं  नेपालीको रोजगार गुमेको छ। यस्तो अवस्थामा स्वदेश  फिर्ता  हुन पाउने निर्णयसंगै स्वदेश फिर्ताको लागि तयार रहेका नेपाली  निराश भएका छन्। साउदीमा लगभग ६  महिनादेखि बिना काम बसिरहेका र खानको  समेत समस्या परेको अवस्थामा  सरकारको निर्णयले थप पीडीत बनेका  छन्। सरकारले  साउदीको हकमा हवाइ  टिकट मूल्य  ७० हजार क्वारेन्टाइनको लागि  होटलको न्युनतम १० हजार ५  सय निर्धारण गरेको छ। 

नेपाल सरकारको यस निर्णयमा साउदीमा रहेका भातृसंगठन, एन आर एन लगायत  सामाजिक संघसंस्थाले आपति जनाएका छन्। सर्वोच्च अदालतले अलपत्र परेका नेपालीलाई निशुल्क स्वदेश फिर्ता ल्याउने वातावरण तय गर्न आदेश दिएता पनि सरकार गैरजिम्मेवारी देखिएको छ। 

Published on: 23 August 2020 | Annapurna Post

Link

Back to list

;