s

स्वदेश फर्किए लगत्तै कामदार बेपत्ता

वैदेशिक रोजगारीमा गएर उत्तै बेपत्ता भएका समाचार नौला होइनन् । तर, ४ वर्षे वैदेशिक रोजगारीमा रहेका व्यक्ति आफ्नै मुलुकमा बेपत्ता हुन्छन् भने त्यसलाई के भन्ने ? यस्तै घटना घटेको छ त्रिभुवन विमानस्थलमा । वैदेशिक रोजगारका लागि कतार गएर स्वदेश फर्किएका एक युवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट वेपत्ता भएका छन् ।
 
नवलपरासीको मध्यविन्दु नगरपालिका वडा नं १५ प्रसौनीका २५ वर्षीय गोविन्द घिमिरे गत फागुन १० गतेदेखि सम्पर्क विहीन भएको उनको परिवारले जनाएको छ । चार वर्ष कतारमा रोजगारी गरेका उनी गत फागुन १० गते सवा दश बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेका थिए । घिमिरेका पिता मोनीलाल घिमिरेका अनुसार स्वदेश फर्किएका घिमिरेसंगै कतारमा काम गरेका सर्लाही घोचेडीका सोनेलाल दास लगायत अन्य व्यक्ति पनि थिए । छोराको खोजी गरेपनि फेला नपरेपछि घर फर्किएका घिमिरेले विमानस्थलबाट छोरा हराएको सम्बन्धमा महानगरीय प्रहरी वृत्त गौशालालाई पनि जानकारी दिएको बताए । उनले खोजीका क्रममा विमानस्थलमा सुरक्षाका लागि जडित सीसी क्यामराको रेकर्डबाट छोरो बाहिरिएको देखिएको बताए । हाल सर्लाहीमा रहेका यादवले पनि घिमिरे हराएकोबारे आफूलाई कुनै जानकारी नभएको बताएका छन् ।
 
Published on: 25 March 2018 | Madhyanha

Back to list

;