s

सुत्नुअघि घरमा फोन गरेका सञ्जय साउदीमै अस्ताए

मनोहर पोखरेल

वैदेशिक रोजगारका लागि सउदी अरबमा रहेका सप्तरीका एक युवकको मृत्यु भएको छ ।

खडग नगरपालिका–९ लालपटीका २४ वर्षीय सञ्जय साहको मंगलवार मृत्यु भएको परिवारका सदस्यले बताए । वैदेशिक रोजगारका लागि सउदी पुगेका सञ्जय अल्फानार कन्स्ट्रक्सन कम्पनीमा कम्प्युटर सम्वन्धी काम गर्दै आएका थिए । 

सोमबार काम सकेर राति कोठामा खाना खाएर सुतेका सञ्जयलाई मंगलबार बिहान उनका साथीहरुले उठाउन जाँदा मृत अवस्थामा फेला पारेको उनका दाजु उमेश साहले जानकारी दिए । उमेशका अनुसार सुत्नुअघि सञ्जयले घरमा फोन गरी सबैको खबर सोधेका थिए । मिडील ईस्ट म्यानपावर कम्पनी काठमाडौँबाट सञ्जय २०७३ साल असार ९ गते सउदी गएका थिए ।
 
Published on: 10 May 2018 | Annapurna Post

Back to list

;