s

सूर्य गार्मेन्ट खुलाउन मजदुर प्रदर्शन

अढाई महिनादेखि बन्द उद्योग खुलाउन माग गर्दै मोरङको टंकिसिनबारीस्थित सूर्य नेपालको गार्मेन्टका मजदुरले आइतबार प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा थाल ठटाउँदै उनीहरूले उद्योग अविलम्ब खुलाउनुपर्ने नारा लगाएका थिए ।

विराटनगरको सन्सारी माईस्थानबाट सुरु भएको प्रदर्शन नगरका विभिन्न भागको परिक्रमापछि जिल्ला प्रशासन कार्यालय मोरङ पुगेर सभामा परिणत भएको थियो । पारिश्रमिक विवादपछि उत्पन्न तनावका कारण सूर्य नेपालको गार्मेन्ट उद्योग असार सुरुदेखि बन्द छ ।

उद्योग सञ्चालन गर्न असुरक्षा भएको भन्दै व्यवस्थापनले कारखनामा ताला लगाएको थियो । विभिन्न टे्रड युनियन सम्बद्ध मजदुरले उद्योग सञ्चालन गर्नुपर्ने माग गर्दै आन्दोलन गर्दै आएका छन् । यसअघि उनीहरूले मोरङ जिल्ला प्रशासन कार्यालय, श्रम कार्यालय लगायत निकायमा धर्ना दिएका थिए । नेपाल स्वतन्त्र टेक्सटायल गार्मेन्ट मजदुर युनियन र अखिल नेपाल गार्मेन्ट तथा टेक्सटायल मजदुर संघको अगुवाइमा आन्दोलन भइरहेको छ ।

Published on: 29 August 2011 | Kantipur

Back to list

;