s

सुरुङ निर्माणको क्रममा ढुंगाले किचेर काबेली ‘ए’ का श्रमिकको मृत्यु

फिदिम : सुरुङ निर्माणको क्रममा ढुंगाले किच्दा पाँचथरको हिलिहाङ गाँउपालिका १ खोलाखर्कमा निर्माणाधीन काबेली ए जलविद्युत् आयोजनामा कार्यरत एक श्रमिकको मृत्यु भएको छ ।

इलामको देउमाई नगरपालिका ९ का अन्दाजी २५ वर्षीय भूपाल मगरको सुरुङ निर्माण गर्ने क्रममा आइतबार दिउँसो ढुंगाले किचेर मृत्यु भएको हो । सुरुङमा ड्रिल गर्ने क्रममा ढुंगा झरेर किच्दा मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक हेमन्त क्षत्रीले जानकारी दिए ।

मगरको शव पोष्टमार्टको लागि पाँचथर अस्पताल ल्याइएको छ । उक्त घटनाको विषयमा कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीको भनाइ छ ।

Published on: 16 October 2023 | Annapurna Post

Link

Back to list

;