s

सुरक्षित वैदेशीक रोजगारबारे चेतना जोगाउन दोलखामा टोल समिति

उषा तामाङ

दोलखाको शैलुङ गाउँपालिका–४ मागापौवमा सुरक्षित वैदेशीक रोजगार सम्बन्धी चेतना जगाउन टोल समिति गठन गरिएको छ । सचेतनाका लागि पौरखी नेपालले गरेको कार्यक्रममा सविना सुवेदीको संयोजकत्वमा ७ सदस्यीय टोल समिति गठन गरिएको हो । समितिको सदस्यमा रत्नकुमारी सुवेदी, जीवनाथ सुवेदी, रामप्रसाद सुवेदी, लिलाकुमारी सुवेदी, सीता सुवेदी र कमला सुवेदी हुनुहुन्छ। 

 
समितिले टोलका सामाजिक समस्या, वैदेशिक रोजगार र भुकम्पपछिको सुरक्षित पुनर्निर्माणमा आइपरेका समस्या सम्बन्धित निकायसम्म पुर्याउन सहयोग गर्नेछ ।
 
कार्यक्रममा पौरखी नेपालका परियोजना अधिकृत अस्विन पोखरेलले वैदेशीक रोजगारीमा जाँदा ध्यान दिनुपर्ने कुरा, आइपर्ने समस्या लगाएतका विषयमा जानकारी गराउनुभएको थियो । 
 
विगत १ वर्षदेखि कारितास लक्जमवर्गको आर्थिक सहयोग, ए.एस.एफ नेपाल र क्रातेयरको प्राविधिक सहयोग तथा पौरखी नेपालको समन्वयमा कार्यक्रम कार्यक्रम गरिँदै आएको छ । 
 
Published on: 3 February 2018 | Ujyaaloonline

Back to list

;