s

शुक्रबार दोहाबाट २६३ जना नेपाली स्वदेश फर्किए

गोरखापत्र अनलाइन

काठमाडौं साउन, ३० गते । विदेशबाट नेपाल फर्कनै पर्ने अवस्थामा रहेका नेपालीहरु स्वदेश फर्कने क्रम जारी रहेको छ । यसै गरि आज शुक्रबार)नेपाल एयरलाइन्सको उडानबाट कतारको दोहाबाट २ सय ६३ जना नेपाली स्वदेश फर्किएका छन् ।

कोभिड १९ बाट समस्यामा परेका तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीले दूतावासमा नेपाल फर्कने फारम भरेर स्वदेश फर्किएका हुन् ।

साथै विभिन्न माध्यमबाट आफ्नो विवरण दर्ता गराउने क्रम दूतावासमा जारी छ । नेपाल सरकारले निर्धारण गरेको प्राथमिकता अनुसार स्वदेश ल्याउने गरिएको कतार स्थित नेपाल दूतावासले जनाएको छ । आज नेपाल फर्किने नेपालीहरुलाई यात्रा सहजीकरणका लागि दोहाको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा दूतावासका अधिकारी तथा नेपाली समुदायका प्रतिनिधिको समेत उपस्थिति रहेको थियो ।

Published on: 14 August 2020 | Gorkhapatra

Link

Back to list

;