s

सुवेदीद्वारा वैदेशिकमा जान अटेर

मन्त्रिपरिषद्को निर्णय, सामान्य र अर्थ मन्त्रालयको आदेश भए पनि सहसचिवभरत सुवेदीले राजस्व अनुसन्धान विभागको उपमहानिर्देशकबाट श्रम मन्त्रालयमाफिर्ता हुन अस्वीकार गरेका छन् ।

श्रम मन्त्रालयले पठाएको काजका आधारमा सुवेदी अर्थ मन्त्रालय मातहतकोराजस्व अनुसन्धान विभागको उपमहानिर्देशक भएका थिए । तर, सामान्य प्रशासनमन्त्रालयले श्रमबाट राजस्व अनुसन्धान विभागमा गरिएको काज सरुवा गैरकानुनीभएको जिकिर गर्दै फिर्ता गर्न निर्देशन दिइसकेको छ । सामान्य प्रशासनलेसुवेदीलाई राजस्व अनुसन्धान विभागमा काज सरुवा गर्ने निर्णय अवैधानिक भएकोभनेपछि श्रमले उनलाई वैदेशिक रोजगार विभागको महानिर्देशकमा पदस्थापना गर्नेनिर्णय गरेको थियो ।

अर्थमै बस्ने रुचि भएका सुवेदीले श्रम मन्त्रालयको पुस २२ को निर्णय अटेरअर्थमै बस्दै आएका छन् । श्रम मन्त्रालयले आफूले काज सरुवा गरेका सुवेदीलाईवैदेशिक रोजगार विभागको महानिर्देशकमा सरुवा गर्दा पनि नआएको जानकारीगराएपछि अर्थको प्रशासन विभागले उनलाई खटाएकै ठाउँ (वैदेशिक रोजगार विभाग)मा जान बुधबार लिखित पत्राचार गरेको छ । राजस्व अनुसन्धान विभागको प्रशासनमहाशाखाले उनको रमानापत्रसमेत तयार गरिसकेको थियो ।

तर, राजस्व अनुसन्धान विभागको प्रशासन शाखाले सुवेदीलाई रमानापत्र बुझाउनलाग्दा महानिर्देशक बालकृष्ण घिमिरेले रोकेको जानकारी स्रोतले दिए ।प्रशासन शाखाले तयार गरेको रमानापत्र खोसेर घिमिरेले सुवेदीलाई विभागकोउपमहानिर्देशकमा राखिराख्न खोजेको स्रोतले बतायो ।

Published on: 15 January 2015 | Kantipur

Back to list

;