s

श्रीमान् मलेसियाको जेलमा, श्रीमती अस्पतालमा

कमाउन गएका श्रीमान् मलेसियाको जेलमा छन् । श्रीमतीचाहिँ अस्पतालमा गम्भीर अवस्थामा छिन् । छिस्ती ९ का चन्द्रबहादुर श्रीश वर्ष दिनदेखि मलेसियाको जेलमा रहँदा श्रीमती पूर्णकला दुइटै मृगौला बिग्रेर काठमाडौंको वीर अस्पतालमा उपचार गराइरहेकी छन् । १४ वर्षदेखि मलेसियामा काम गरेका श्रीशलाई गैरकानुनी बसेको भन्दै प्रहरीले पक्राउ गरेको हो । परिवारमा भने उनी कस्तो गैरकानुनी काम गरेर जेल परे भन्ने थाहा छैन ।

बिरामी भएर उपचारका क्रममा पूर्णकला विवाह गरेर पठाइएकी छोरीको सहयोगमा काठमाडौं पुगेकी हुन् । पूर्ण उपचारका लागि थप १० लाख रुपैयाँ आवश्यक पर्ने भएपछि खर्च गर्न नसकी अलपत्र परेकी छन् । छोरी मिनुले सक्ने खर्च गरे पनि आवश्यक अरू १० लाख जुटाउन नसक्दा आफन्त, सञ्चारकर्मी र छिमेकी गुहारेकी हुन् ।

पाँच सन्तानकी आमा उनलाई घरव्यवहार चलाउनसमेत समस्या भएपछि ज्यालामजदुरी गरेर धानेकी थिइन् । केही समय बालबालिकाको उपचार खर्च पठाएका श्रीशले एकाएक बन्द गरेका थिए । पछिल्लो एक वर्षदेखि उनले जेलमा बसेको खबर पठाएको पीडितले बताइन् ।

 Published on: 6 November 2014 | Kantipur

Back to list

;