s

स्पेनमा नेपाली दूतावासले सेवा दिन सुरु गर्‍यो

मड्ड्रिडस्थित नेपाली दूतावास स्पेनले सेवा दिन थालेको छ । नेपाली दूतावास स्पेनले कार्यालय स्थापना गरी बिहीबारदेखि पासपोर्ट बनाउने लगायत सबै सेवा दिन सुरु गरेको हो ।
 
मड्ड्रिडमा नेपाली दूतावासले आफ्ना कर्मचारी बाहेक कागजबिहीन अवैध रही पासपोर्ट बनाउन आएकी पहिलो महिला झरना थापा मगरलाई रिवन काट्न लगाइ सेवा सुरू गरेको हो ।
 
नेपाली दूतावास स्पेनबाट अबदेखि राहदानी बनाउन, नविकरण, कागजात प्रमाणिकरण, एनआरएन परिचयपत्र, विदेशीलाई भिसा लगायतका सम्पूर्ण सेवा उपलब्ध हुनेछ ।स्पेनका लागि नेपाली राजदूत भरतबहादुर रायमाझीले  कार्यालय स्थापना गरी सेवा सुरु गरेकोमा खुशी व्यक्त गरे ।
 
Published on: 4 May 2018 | Onlinekhabar

Back to list

;