s

स्पेनवासी नेपालीका समस्यामाप्रति प्रवासी नेपाली मञ्चले गरायो दूतावासको ध्यानाकर्षण

बार्सिलोना/ स्पेनवासी नेपालीहरुले भोग्दै आएका समस्याहरुको समाधानका लागि पहलकदमी चाल्न नेपाली दूतावास म्याड्रिडको ध्यानाकर्षण गरिएको छ। प्रवासी नेपाली मञ्च स्पेनले मंगलबार एक ज्ञापनपत्र बुझाउँदै दूतावासको ध्यानआकर्षण गराएको हो।
 
परिवार पुनर्मिलनको क्रममा भारतको नयाँदिल्लीस्थित स्पेनिस दूतावासमा झन्झट ब्यहोर्नु परेको भन्दै समाधानको पहल गर्न मञ्चले अपील गरेको छ ।
 
दूतावासमा बुझाईएको बिज्ञप्तिमा लेखिएको छ, ‘पटक-पटक दिल्ली धाउनु पर्ने हुँदा धेरै खर्चिलो हुन पुगेको छ। जसको लागि आवश्यक कागजात काठमाडौमा जम्मा गर्न पाउने व्यवस्था गराउन स्पेन सरकारसँग कुटनैतिक रुपमा पहल गर्न तथा नेपालमा पनि स्पेनिस दूतावास स्थापनाको लागि कुटनैतिक कदम चाल्न अनुरोध गर्दछौ।’
 
नेपालस्थित स्पेनिस कन्सुलर सेवा प्रभावकारी नभएको भन्दै स्पेनवासी नेपालीहरुको कागज-पत्रमा छाप लगाउन गरिएको लापरवाही तथा ढीलासुस्तिका कारण ठूलो समस्या भोगिरहेको भन्दै ज्ञापनपत्र मार्फत मञ्चले ध्यानकार्षण गराएको छ।
 
‘नेपालीहरुको बाक्लो बसाई रहेको बार्सिलोनामा दूताबासबाट कम्तिमा वर्षको ४ पटकसम्म घुम्ती टोलीको व्यवस्था गर्न साथै बिल्बाउ, भ्यालेन्सिया,मायोर्का,बेनीड्रम लगायत नेपालीहरुको बसाइ रहेको शहरहरुमा समेत प्रभावकारी सेबा प्रदान गर्न अनुरोध गर्दछौ।’ ज्ञापनपत्रमा उल्लेख छ।
 
प्रवासी नेपाली मञ्च स्पेनका अध्यक्ष हेम शेर्पाको संयोजकत्वमा गएको टोलिसँग कुराकानी गर्दै राजदूत भरतबहादुर रायमाझीले स्पेनवासीका समस्या सम्बोधन गर्न दूतावास लागि पर्ने प्रतिबद्दता ब्यक्त गरे । मञ्चका पूर्बअध्यक्षहरु मुक्तबहादुर गुरुङ, दिनेश गुरुङ लगायतको टोलिले म्याड्रिडमा नै पुगेर दूतावासको ध्यानकार्षण गराएको हो ।
 
Published on: 10 May 2018 | Onlinekhabar

Back to list

;